मोबाइल किन्दै हुनुहन्छ ? नेपाल आइडल हेर्ने टिकटदेखि सिङ्गापुर भ्रमणसम्मको अफर




काठमाडौं । दशैँ नजिकिएको छ । दशैँसँगै व्यवसायीहरु ग्राहक लोभ्याउन विभिन्न अफर राखेर धेरै भन्दा धेरै सामान बिक्री गर्ने योजनामा छन् । यता, ग्राहकहरु पनि सस्तोमा सामान किन्न र अफर भएका सामान खरिदतिर आकर्षित हुने गर्छन् ।

यो दशैंमा तपाईँ मोबाइल किन्दै हुनु हुन्छ भने नेपाल आइडल हेर्ने टिकटदेखि सिङ्गापुर भ्रमणसम्मको अफर छ है विचार गर्नु होला ।

दशैँलाई नै लक्षित गरी विभिन्न मोबाइल कम्पनीहरुले विभिन्न ब्राण्डका मोबाइलमा विभिन्न खाले अफर ल्याएका छन् ।

सामसङले ‘सामसङको दशैँ अफर’ ल्याएको छ । सामसङले इन्स्टेन्ट क्यास ब्याकका साथै स्टार क्यूरियस अफर ल्याएको कम्पनीले जानकारी दिएको छ ।
सामसङको कुनैपनि स्मार्टफोन तथा ट्याब किने बापत सामसङले हरेक हप्ता २ जना भाग्यशाली बिजेतालाई सिङ्गापुरको स्टार क्रियूसमा लाने कम्पनीको भनाई छ ।

कम्पनीका अनुसार मोबाइल वा ट्याब किनेपछि सामसङ टाइप गरी स्पेस थिची ११ वटा डिजिट नम्बर थिची ३७००१ मा म्यासेज गर्नु पर्नेछ ।

यस्तै, कलर्सले ‘कलर्स ह्यापी सवारी’ दशैँ योजना ल्याएको छ । कलर्सले मोबाइल किन्दा स्योर सर्ट गिफ्टहरुको व्यवस्था गर्नुका साथै साप्ताहिक उपहारहरुको पनि व्यवस्था गरेको छ ।

कलर्सले मोबाइल किन्ने ग्राहकहरुबाट लक्की ड्र गरी हप्ताहिक रुपमा १५ सय रुपैयाँ बराबरका उपहारदेखि सुजुकी लेट्स स्कूटीसम्मको बम्पर उपहारहरु राखेको कम्पनीले जानकारी दिएको छ ।

कलर्सले ७ वटा सुजुकी लेट्स स्कूटी, कलर्स ३२ एलइडी टिभी ३० वटा, दिनदिनै १०० प्रतिशत क्यास ब्याकदेखि १५ सय रुपैयाँ सम्मको स्योर सर्ट गिफ्टहरुको व्यवस्था गरेको हो ।

यो योजना कलर्स पी२०, पी४५, पी५० प्लस, पी६५, पी८५ प्लस सेल्फी प्रो, प्राइडस् ५ई, एस११, एस९ र एस १ मा मात्र लागु हुनेछ ।

कलर्सको गिफ्ट ह्याम्परका लागि ग्राहकले मोबाइल म्यासेजमा गई कलर्स स्पेस, आईएमईआई नम्बर डाइल गरी टेलिकम प्रयोगकर्ताले ६००० र एनसेल प्रयोगकर्ताले ३६००० मा पठाउनु पर्नेछ ।

यस्तै हुवाइले ‘गेट लक्की इभ्री आवर’ दशैँ योजना ल्याएको छ । हुवाइले स्मार्टफोन खरिद गर्दा बार फोन, इलेक्ट्रोनिक क्यालकुलेटर पावर बैंकसम्मको उपहार योजना ल्याएको हो ।

कम्पनीका अनुसार हुवाइको हुवाई नोभा ३ र हुवाइ नोभा ३आई किन्दा एउटा बारफोन सित्तैमा पाइने छ ।

यस्तै, हुवाइको हुवाई वाई९ किन्दा लेनस किट सित्तैमा दिने कम्पनीको योजना रहेको छ । कम्पनीले हुवाई वाई६ र हुवाई वाई५ किने बापल एउटा इलेक्ट्रोनिक क्यालकुलेटर सितैमा दिनेछ ।

हुवाइ वाई३ किन्दा ग्राहकले मोबाइलसँगै पावर बैंकपनि प्राप्त गर्न सक्ने छन् ।
यस्तै, ओपोले मोबाइल किन्दा ३ वटा नेपाल आइडल शोको टिकेट उपलब्ध गराउनुका साथै थुप्रै उपहारहरुको योजना अघि सारेको छ ।

ओपोले लक्की ड्र मार्फत ग्राहकलाई नेपाल आईडल सिजन २ को ग्रान्ड फिनालेमा जान ३ वटा स्पेसल पास दिने भएको हो ।

यसका साथै ग्राहकले ओपोको मोबाइल किन्दा सिङ्गापुर भ्रमण, उफर, ओपो एफ९, ३२ एलइडी टिभी र ओपो ब्याग समेत लक्की ड्र मार्फत प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

यस्तै भिभोको मोबाइल किन्दा दशैमा थाइल्याण्ड जान पाउने भएको छ । भिभोले मोबाइल किन्दा हात खाली नजाने अपरको व्यवस्था गरेको कम्पनीले जानकारी दिएको छ ।

साथै कम्पनीले यो दशैमा ८ जनालाई भिभो वाइ८१, १५ जना भिभो वाई७१, १२ जनालाई थाइल्याण्ड ट्रिप, ३० जनालाई भिभो वाइ५३सी र मोबाइल स्टान्ड दिने योजना बनाएको हो ।


क्लिकमान्डु