दशैंमा फ्रिज किन्दा उपहारै उपहार, कुन ब्राण्डका फ्रिजमा के उपहार ?




काठमाडौं । यस बर्षको दशैं नजिकिएको छ । देशभर दशैंको चहलपहल सुरु भएको छ ।

दशैं नजिकिएसँगै घरबाट टाढा भएका सर्बसाधारणलाई घर फर्कने चटारो हुन्छ भने ब्यापारिक फर्म र कम्पनीहरुलाई आफ्नो उत्पादन बढी विक्री गर्ने र नाफा धेरै कमाउने ध्याउन्न हुन्छ ।

यसैको लागि बस्तु उत्पादक तथा विक्री वितरक कम्पनीहरुले आफ्नो उत्पादन विक्री बढाउन विभिन्न अफर पनि ल्याउने गर्छन् । यसै सन्दर्भमा होम अप्लाइन्स कम्पनीहरुले आफ्ना उत्पादनमा विभिन्न आकर्षक उपहार योजना सार्बजनिक गरेका छन् ।

कम्पनीहरुले फ्रिज किन्दा मूल्यमा ३५ प्रतिशत छुटदेखि, ओभन, स्क््रयाच कार्ड लगायत लक्की ड्रसम्मको उपहार योजना सार्बजनिक गरेका छन् ।

यसैक्रममा सिजी इलेक्ट्रोनिक्सले यस पालिको दशैंलाई लक्षित गर्दै ‘यसपालीको चाडामा, सिजी लाग्यो घरघरमा’ योजना ल्याएको छ । यो योजना अन्तर्गत फ्रिज किन्ने उपभोक्ताले २१ प्रतिशतसम्म छुट दिने सिजीले जानकारी दिएको छ ।

सिजीले फ्रिज किन्दा २१ सय मूल्य बराबरको इन्टेक्स फिटरिस्ट वाच सित्तैमा दिने र ६० महिनासम्मको वारेन्टी दिने योजना छ ।

यस्तै स्काई वर्थले ‘स्काई वर्थसँग परिवार दङ्ग’ योजना ल्याएको छ । स्काई वर्थका फ्रिज किन्दा उपभोक्ताले एउटा माइक्रो ओभन सित्तैमा पाउने छन् भने विभिन्न गिफ्ट प्याक उपहारको ब्यवस्था पनि गरिएको कम्पनीले जानकारी दिएको छ ।

स्काईवर्थको एसआरएम ३९५ सिबी फ्रिज किन्दा स्काईवर्थर्क एसआरएम ४३० सिबी माइक्रो ओभन सित्तैमा दिने योजना छ । यो माइक्रो ओभनको मूल्य ८ हजार ५ सय रुपैयाँ भएको बताइएको छ । साथै एसआरएस १५० डिटी फ्रिज किन्दा उपभोक्ताले विभिन्न प्याक उपहारहरु पाउने कम्पनीले जानकारी दिएको छ ।

यसैगरी कलर्सले ‘चट्ट क्यास पट्ट लक’ योजना ल्याएको छ । यो योजना अन्तर्गत उपभोक्ताले कलर्सको फ्रिज किन्दा ३ हजार ५ सय ९० रुपैयाँदेखि ४ हजार २ सय ९० रुपैयासम्म छुट पाउने छन् । साथै कम्पनीले ५ वर्षको वारेन्टीको पनि पक्का योजना ल्याएको छ ।

कम्पनीले सिआरडी १९० बिआरटी फ्रिज किन्दा ३ हजार ५ सय ९० रुपैयाँ छुट दिने भएको छ । सिआरडी १९० बिएसटी फ्रिजमा ४ हजार १ सय ९० रुपैयाँ छुट दिने भएको छ ।

सिआरडी १९० जिआईटी फ्रिज किन्दा उपभोक्ताले ३ हजार ९ सय ९० रुपैयाँ छुट पाउन सक्ने छन् ।

सिआरडी १९० आरएफटी फ्रिज किन्दा ४ हजार ४ सय ९० रुपैयाँ छुट पाउने छन. । सिआरडी २१० बिआरटी फ्रिज किन्दा ४ हजार ३ सय ९० रुपैयाँ छुट पाउन सकिने छ ।

सिआरडी २१० बिएसटी फ्रिज किन्दा उपभोक्ताले ४ हजार ९० रुपैयाँ छुट पाउन सक्ने कम्पनीले जानकारी दिएको छ । यस्तै सिआरडी २१० जिआईटी फ्रिज किन्दा ४ हजार २ सय ९० रुपैयाँ पक्का छुट पाइने कम्पनीको भनाई छ ।

सामसङले दशैका लागि ‘बडा दशैको बडा बचत’ योजना ल्याएको छ । यस योजना अन्तर्गत कम्पनीले हरेक फ्रिज खरिद गर्दा ३५ प्रतिशतसम्मको छुट दिने व्यवस्था ल्याएको छ । साथै कम्पनीले लक्क ड्र मार्फत थुप्रै आकर्षक उपहारहरु पनि आफ्ना ग्राहकलाई दिने योजना ल्याएको कम्पनीले जानकारी दिएको छ ।

साइनेक्सले फ्रिज तथा चेस्ट फ्रिज किन्दा २ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्मको स्क््रयाच कुपन दिने भएको छ । यस्तै भिडियोकोनले आफ्ना उत्पादनहरु खरिद गर्ने ग्राहकलाई पनि २ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्मको स्क्रयाच कुपन दिने योजना ल्याएको छ ।


क्लिकमान्डु