नेपाल-श्रीलंका चेम्बर अफ कमर्समा नयाँ कार्यसमिति
काठमाण्डौ । नेपाल-श्रीलंका चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभाले रमेश महर्जनको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको विशिष्ट सदस्यमा राजेशकाजी श्रेष्ठ, उपाध्यक्षमा विजय श्रेष्ठ, सचिवमा रामराजा श्रेष्ठ र कोषाध्यक्षमा डा. हरिस जोशी चयन भएका छन् । जनाको नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
वार्षिक साधारण सभाले नेपाल र श्रीलंका बीचको द्विपक्षीय व्यापार, पूँजी तथा प्रविधि लगानी विस्तारका संभावित वस्तु तथा क्षेत्रबारे आवश्यक अध्ययन गरी कार्ययोजना बनाई कार्यान्वयन गर्ने प्रस्तावहरु पारित गरेको छ ।