साढे एक खर्ब रुपैयाँ चलाउने हाकिम खोज्दै सरकार




काठमाडौं । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकको छनोट खुल्ला प्रतिस्पर्धाबाट गर्ने भएको छ ।

कार्यकारी निर्देशकको छनोटका लागि सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।

सूचना अनुसार आगामी १५ दिन भित्र कार्यालय समयमा नै अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिन आग्रह गरिएको छ ।

अर्थशास्त्र, व्यवस्थापन, आर्थिक, बैंकिङ, वाणिज्य वा कानुन विषयमा कम्तीमा पनि स्नताकोत्तर उपाधी हासिल गरी उद्योग वाणिज्य, पूँजी बजार वा बैंकिङ क्षेत्रका संस्थानमा कम्तीमा पनि व्यवस्थापकीय तह वा सरकराको राजपत्रांकित पथम श्रेणी, सार्वजनिक क्षेत्रका संस्थाको दशौं तह वा सो सरहको जिम्मेवारी लिइसकेको व्यक्तिले सो पदका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

कोषको ऐन, २०४७ को दफा २६ बमोजिमको अयोग्यता नभएको, ३० वर्ष पूरा भई ६५ वर्ष उमेर ननाघेको व्यक्तिले आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

कोषमा हाल १ खर्ब ४६ अर्ब रकम मौज्दात छ । २०४७ साल चैत ४ गते स्थापना भएको कोषमा सरकारी र निजी क्षेत्रका संगठित संस्थाका कर्मचारीले रकम जम्मा गर्दै आएका छन् ।

यस्तै कोषले नेपाल सरकारको ऋणपत्रमा १ अर्ब ८० करोड ९३ लाख रुपैंया लगानी गरेको छ । कोषले समकालिन कर्जामा ८ अर्ब ३८ करोड ९० लाख रुपैंया लगानी गरेको छ ।

कोषले कर्जातर्फ १५ अर्ब ११ करोड २ लाख रुपैंया लगानी गरेको छ । ७७ जिल्लाका ४८ हजार भन्दा बढी सरकारी एवम् गैरसरकारी संस्थाहरु मार्फत ६ लाखभन्दा बढी सेवाग्राहीलाई कोषले सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु