अर्थमन्त्रीले भने– तरलतामा सुधार देखियो,सेयर बजार बढ्यो



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षको दुई महिनामा अर्थतन्त्रको आर्थिक सूचकाङ्क सकारात्मक रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज अर्थमन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा खतिवडाले साउन र भदौ महिनामा १ खर्ब २० अर्ब राजश्व जम्मा भएको तथा चालू खर्च रु ९६ अर्ब र पूँजीगत खर्च ६ अर्ब भइसकेको बताए ।

उनका अनुसार गत वर्षको सोही अवधिभन्दा यस वर्ष ३७ प्रतिशतले राजश्व सङ्कलनमा वृद्धि भएपनि पूँजीगत खर्च भने सन्तोषजनक हुन सकेको छैन । मन्त्री खतिवडाले तरलताको अवस्था (लगानीयोग्य रकम) को अभाव नरहेको, पूँजी बजारमा सुधार आइरहेको करको दायरा बढ्दै गएको, कर्जाको ब्याजदरमा सुधार देखिएको जानकारी दिए ।

उनले राजश्व र आम्दानीको खर्च प्रणालीलाई पारदर्शी बनाउन विद्युतीय ९इ० सेवा सञ्चालनमा आएको, ऊखु किसानलाई मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता गरिएको, सार्वजनिक नीति लगानीसम्बन्धी विधेयक पेश हुने तयारीमा रहेको जानकारी दिए । रासस


क्लिकमान्डु