६ यात्रु सवार अल्टिच्युट एयरको हेलिकोप्टर सम्पर्क बिहिन




काठमाडौं । काठमाडौंबाट मनास्लु बेसक्याम्पको सामागाउँको लागि उडेको अल्टिच्युट एयरको हेलिकोप्टर सम्पर्क विहिन भएको छ । हेलिकोप्टरमा क्याप्टेन निश्चल केसीसहित ६ जना यात्रु रहेका थिए ।

अल्टिच्युट एयरको ९ एन अल्फा लिमा सेरा कल साइनको हेलिकोप्टर सम्पर्क विहिन भएको हो ।


क्लिकमान्डु