नेपाली सेनामा २ सयलाई अधिकृत पदमा अवसर, न्युनतम योग्यता प्रविणता प्रमाणपत्र तह

105
Shares

काठमाडौँ । बेरोजगार र कामको खोजीमा रहेकाहरुलाई खुशीको खबर छ । योग्यता पुगेका र क्षमतावान व्यक्तिहरुलाई सरकारी सेवाको अवसर खुलेको छ ।

नेपाली सेनाले खुला तथा समावेशी रुपमा पदपूर्ति गर्नेगरि दुई सय अधिकृत (क्याडेड) पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

सेनाले असोज १९ गतेसम्म दरखास्त पेस गर्न सकिने र दोब्बर दस्तुरमा असोज २६ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ ।

कति संख्या ?
खुला तथा समावेशी रुपमा हुने पदपूर्तिमा खुलातर्फ ११० जनाको कोटा निर्धारण गरिएको छ। समावेशी अन्तर्गत महिला १८, आदिवासी जनजाति २९, मधेशी २५, दलित १४, पिछडिएको क्षेत्रका लागि ४ जनाको कोटा निर्धारण गरिएको छ।

कति चाहिन्छ योग्यता ?
न्युनतम प्रवीणता प्रमाणपत्र वा सो सरह अध्ययन गरेका उम्मेदवरको हकमा १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनु पर्नेछ। स्नातक उत्तीर्ण उम्मेदवारको हकमा १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको सूचनामा उल्लेख गरिएको छ ।