राष्ट्र बैंकले भन्यो : पहिला विदेशी मुद्रा भित्राएपछि मात्र रेमिटेन्स भुक्तानी देउ



काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिटेन्स कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले अग्रिम रुपमा विदेशी मुद्रा भित्राएपछि मात्र प्राप्तकर्तालाई भुक्तानी दिन पाउने भएका छन् ।

राष्ट्र बैंकले यो व्यवस्था विदेशबाट रेमिटेन्स भित्राउदै आएका बैंक तथा वित्तीय संस्था रेमिटेन्स कम्पनीलाई लागु गरेको हो ।

राष्ट्र बैंकको व्यवस्थाले विदेशबाट रेमिटेन्सको कारोबार गर्ने कम्पनीले पहिला पैसा भुक्तानीको लागि अग्रिम रुपमा पैसा भित्राएपछि मात्र भुक्तानी दिन सक्ने छन् ।

हिमालयन बैंकलाई मलेसियाको म्याक्स मनीले भुक्तानी दिनुपर्ने रकम नदिएपछि राष्ट्र बैंकले अनिवार्य रुपमा पैसा भित्रिएपछि मात्र भुक्तानी दिनुपर्ने व्यवस्था गरेको हो ।

म्यासमनीले हिमालयन बाहेक अन्य रेमिटेन्स कारोबार गर्ने कम्पनीको पनि भुक्तानी दिन बाँकी छ ।

अग्रिम भुक्तानी दिन नसक्ने अवस्थामा विदेशी बैंकको बैंक ग्यारेन्टी लिएको हुनुपर्ने छ । यसरी भुक्तानी गर्दा बैंक ग्यारेन्टीको सिमाभित्र रहेर मात्र भुक्तानी दिन सकिने छ ।
अग्रिम पैसा ल्याएपछि मात्र भुक्तानी दिनुपर्ने व्यवस्थाले हुन्डी कारोबारलाई बढाउने खतरा हुन्छ ।


क्लिकमान्डु