रुकुममा सन नेपाल लाइफ इन्स्योरेन्सको उप–शाखा उद्घाटन



काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स क.लि रुकुम उपशाखाको उद्घाटन तथा बीमा जागरण कार्यक्रम सम्पन्न गरिएको छ ।

कम्पनीका महाप्रबन्धक कमलराज गौतमको अध्यक्षता तथा कम्पनीका ब्राण्ड एम्बेसडर एबम् सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) को प्रमुख आतिथ्यता र मुसीकोट नगरपालीका उप–मेयर प्रेमकुमारी परियार, सुरक्षा निकाय प्रमुखको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम उप–शाखा उद्घाटन कम्पनीका महा–प्रबन्धक तथा ब्राण्ड एम्बेसडरले संयुक्त रुपमा गरेका थिए । सोही अवसरमारुकुम उप–शाखाका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

साथै गत २०७४ फाल्गुण १० गते प्रथम बिमा शुल्क २५,३७३ रुपैयाँ जम्मा गरी यस कम्पनीमा बिमा गराएकी बिमित गिता नेपालीको यही असार १३ गते हृदयघातको कारण मृत्यू भएकोेले मृतकको श्रीमान् रमेश नेपालीलाई बिमाङ्क बराबरको रकम ३ लाखको चेक उप–शाखा उद्घाटनको अवसरमा कम्पनीका महा प्रबन्धक कमलराज गौतम तथा कम्पनीका ब्राण्ड एम्बेसडर एबं प्रमुख अतिथि सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) ले हस्तान्तरण गरेका थिए ।

त्यसैगरी सोही दिनसन नेपाल लाइफ इन्स्योरेन्स क.लि. सल्यानमा पनि बिमा जागरण अभियान सम्पन्न भएको जनाइएको छ ।


क्लिकमान्डु