प्राइमलाइफको ‘प्राइम जीवन उपहार’ योजना सार्वजनिक



काठमाण्डौ । प्राइमलाइफ इन्स्योरेन्सको क. लि. ले हालैे एक नयाँ बीमा योजना ‘प्राइम जीवन उपहार’ सार्वजनिक गरेको छ ।

उक्त नया वीमा योजना वीमा समितिका अध्यक्ष चिरन्जीवी चापागार्इँले सार्वजनिक गरेका थिए । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईँले नयाँ बीमा योजनाको मुख्य विशेषताहरmको साथै समग्र कम्पनीको अवस्थाको वारेमा जानकारी गराएका थिए ।

यस नयाँ बीमा योजना अन्तरगत बीमा समाप्ती हुने मिति अगावै पहिलो बार्षिकोत्सव भित्र बीमितको मृत्यु भएमा मूल बीमालेखको बीमाङ्क र आर्जित बोनस तथा पहिलो बार्षिकोत्सव पश्चात बीमालेख चालु रहेको अवस्थामा बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही मूल र अनिवार्य सहायक दुवै बीमालेखको बीमाङ्क रकम तथा दुवै बीमालेखमा नियमानुसार आर्जन गरेको बोनस एक मुष्ट भुक्तानी दिइने बताइएको छ ।

यसका अतिरिक्त बीमितले बीमाङ्क रकमको आधारमा ५०,००,०००/- सम्मको दुर्घटना मृत्यु लाभ तथा बीमा शुल्क छुट तथा अपाङ्ग अशक्त सुविधा सुविधा प्राप्त गर्न सक्नेछन् र यसको लागी बीमितले उक्त सुविधा बापत अतिरिक्त बीमा शुल्क भुक्तानी गर्नुपर्ने बिज्ञप्ति मार्फत जनाइएको छ ।


क्लिकमान्डु