भूकम्प पीडितप्रति उदार बन्यो राष्ट्र बैंक, भन्यो- धितो लिलाम नगर्नू



काठमाडौं । बैंकहरुले भूकम्प पीडित ऋणीलाई पेल्न थालेपछि राष्ट्र बैंक भूकम्प पीडितप्रति उदार बनेको छ ।

बैैंक तथा वित्तीय संस्थाहरुले भूकम्पले भत्किएको घर पुनःनिर्माण गर्न कर्जा प्रवाह गरेको २ वर्ष नवित्दै भूकम्प पीडितलाई प्रवाह गरिएको कर्जा असूलीमा कडाइ गर्न थालेपछि राष्ट्र बैंक उदार देखिएको हो ।

कतिपय बैंकहरुले कर्जा प्रवाह गरेको २ वर्ष पनि नबित्दै कर्जा असूलीमा कडाइ गरेको र ऋण तिर्न नसक्ने भूकम्प पीडितको धितो लिलामी प्रक्रिया अघि बढाएका छन् ।

बैंकले पेल्न थालेपछि भूकम्प प्रभावितहरुले राष्ट्र बैंकमा गुनासो गरेका थिए । भूकम्प पीडितको गुनासोको सुनुवाइ गर्दै राष्ट्र बैंकले तत्काल धितो लिलामीको प्रक्रिया अघि नबढाउन बैंकहरुलाई परिपत्र जारी गर्दै निर्देशन दिएको छ । लिलामी प्रक्रिया अघि बढाएको भए तत्काल रोक्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।


पुष्प दुलाल