गतवर्ष २७ प्रतिशतले बढ्यो घरजग्गा कारोबार



काठमाडौं । गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा घरजग्गाको कारोबार करीब २७ प्रतिशतले बढेको छ । मालपोत कार्यालयले उठाएको रजिष्ट्रेशन शुल्कले यस्तो देखाएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा २३ अर्ब ७ करोड रुपैयाँ घरजग्गा रजिष्ट्रेशन शुल्क उठेको छ । अघिल्लो आर्थिक वर्षमा १८ अर्ब ७६ करोड रुपैयाँ राजश्व उठेको थियो । गत आर्थिक वर्षमा उठेको राजश्व अघिल्लो आर्थिक वर्षको तुलनामा करीब २७ प्रतिशतले बढी हो ।

आर्थिक वर्ष २०७४\७५ मा घरजग्गा रजिष्ट्रेशन बापत २३ अर्ब ७ करोड ६८ लाख रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै, पुँजीगत लाभकर ६ अर्ब २४ करोड ५६ लाख रुपैयाँ बराबर संकलन भएको छ ।

आर्थिक वर्ष २०७३\७४ मा १८ अर्ब ७६ करोड रुपैयाँ घरजग्गा रजिष्ट्रशन बापत राजश्व संकलन भएको थियो भने ४ अर्ब ६१ करोड ९७ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७४\७५ सालको पहिलो महिना साउनमा १ अर्ब ४२ करोड २५ लाख रुपैयाँ बराबर घरजग्गा रजिष्ट्रेशन तस्तुर संकलन गरेको थियो भने ३९ करोड २९ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको थियो ।

आर्थिक वर्ष २०७३\७४ को पहिलो महिना साउनमा १ अर्ब ६५ करोड ७७ लाख बराबरको रजिष्ट्रेशन दस्तुर जम्मा भएको थियो भने २६ करोड १० लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो ।

त्यसैगरी गत आर्थिक वर्षको भदौ महिनामा १ अर्ब २४ करोड ८१ लाख रुपैयाँको रजिष्ट्रेशन दस्तुर जम्मा भएको थियो भने ३६ करोड ७३ लाख रुपैयाँ पुँजीगत लाभकर उठेको थियो ।

आर्थिक वर्ष २०७३\७४ को भदौमा १ अर्ब ५६ करोड ३२ लाख रुपैयाँ रजिष्ट्रेशन शुल्क उठेको थियो भने ३६ करोड ७३ लाख रुपैयाँ पुँजीगत लभकर उठेको थियो ।

गत आर्थिक वर्षको असोज महिनामा १ अर्ब ३३ करोड ४ लाख रुपैयाँ रजिष्ट्रेशन शुल्क उठेको थिाये भने ४५ करोड ६६ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो ।

आर्थिक वर्ष २०७३\७४ सालको असोज महिनामा १ अर्ब २५ करोड ८५ लाख रुपैयाँको रजिष्ट्रेशन दस्तुर उठेको थियो भने २९ करोड ५७ लाख रुपैयाँ पुँजीगत लाभकर उठेको थियो ।

गत आर्थिक वर्षको कार्तिक महिनामा १ अर्ब ४६ करोड २२ लाख रुपैयाँ रजिष्ट्रेशन शुल्कबाट संकलन भएको थियो भने ४२ करोड १० लाख रुपैयाँ पुँजीगत लाभकर उठेको थियो ।

आर्थिक वर्ष ०७३\७४ को कार्तिक महिनामा १ अर्ब ३७ करोड ८ लाख रुपैयाँ रजिष्ट्रेशन शुल्क उठेको थियो भने २९ करोड ८९ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो ।

गत आर्थिक वर्षको मंसिर महिनामा १ अर्ब ९८ करोड ९८ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुरबाट संकलन भएको छ भने ६९ करोड ८ लाख रुपैयाँ पुँजीगत लाभकरबाट संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

आर्थिक वर्ष ०७३\७४ सालको मंसिर महिनामा १ अर्ब ८५ करोड ८५ लाख रुपैयाँ रजिष्ट्रेशन शुल्क र ५१ करोड ४८ लाख रुपैयाँ पुँजीगत लाभकरबाट संकलन भएको थियो ।

गत आर्थिक वर्षको पुष महिनामा १ अर्ब ८१ करोड ५७ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर र ५५ करोड ८६ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत ०७३\८४ सालको पुष महिनामा १ अर्ब ९१ करोड १८ लाख रुपैयाँ बराबरको रजिष्ट्रेशन दस्तुर र ३९ करोड १५ लाख रुपैयाँ बराबर पुँजीगत लाभकर संकलन भएको थियो ।

आर्थिक वर्ष ०७४\७५ सालको माघ महिनामा १ अर्ब ९८ करोड ९८ लाख रुपैयँ रजिष्ट्रेशन दस्तुर र ६९ करोड ८ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो ।

आर्थिक वर्ष ०७३\७४ सालको माघ महिनामा १ अर्ब ८५ करोड ८५ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर र ५१ करोड ४८ लाख रुपैयाँ पुँजीगत लाभकर उठेको थियो ।
आर्थिक वर्ष ०७४\७५ को फागुन महिनामा १ अर्ब ८६ करोड १४ लाख रुपैयाँ बराबरको रजिष्ट्रेशन शुल्क र ४७ करोड ९१ लाख रुपैयाँ पुँजीगत लाभकर उठेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

आर्थिक वर्ष ०७३\७४ को फागुन महिनामा १ अर्ब ५३ करोड ५८ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर र ३४ करोड ५२ लाख रुपैयाँ बराबरको पुँजीगत लाभकर संकलन भएको थियो ।

गत आर्थिक वर्षको चैत महिनामा २ अर्ब ६ करोड ८० लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर र ४९ करोड २८ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो ।
०७३÷७४ सालको चैत महिनामा १ अर्ब ७७ करोड ५८ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुरबाट संकलन भएको थियो भने ३८ करोड ९९ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाए अनुसार आर्थिक वर्ष २०७४÷७५ सालको बैशाख महिनामा १ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ रष्ट्रिेशन दस्तुर र ३८ करोड ८४ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो ।

०७३\७४ महिनाको बैशाख महिनामा १ अर्ब ८ करोड ७१ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर र २० करोड ६९ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो ।
आर्थिक वर्ष ०७४\७५ सालको जेठ महिनामा १ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर र ५६ करोड २१ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो ।

०७३\७४ सालको जेठ महिनामा १ अर्ब ५४ करोड ८९ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर र ३४ करोड ८ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो ।

आर्थिक वर्ष २०७४\७५ सालको असार महिनाको मसान्तसम्म २ अर्ब ८५ करोड २८ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर र १ अर्ब ९० लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

विभागको तथ्याङ्क अनुसार ०७३÷७४ सालको असार महिनामा १ अर्ब ७३ करोड ६६ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर र ७७ करोड ९७ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो ।


क्लिकमान्डु