नेपाल क्रेडिट एण्ड कमर्स बैंक र गुराँश लाईफ इन्स्योरेन्सबीच बैंंकास्योरेन्स सम्झौता



काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र गुराँश लाईफ इन्स्योरेन्स क. लि. बीच बैंंकास्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट गुराँश लाईफ इन्स्योरेन्स क. लि. को पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र गुराँश लाईफ इन्स्योरेन्स क. लि.का तर्फवाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु