नेप्सेमा बीमा समुह विभाजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले बीमा समुहलाई विभाजन गरेको छ ।
जीवन र निर्जीवन बीमा कम्पनीलाई एउटै समुहमा राखिएकोमा नेप्सेले आजदेखि जीवन र निर्जीवन दुईवटा समुह बनाएको छ ।
यसले लगानीकर्तालाई सूचकको तथ्यांक हेर्नको लागि सजिलो हुन्छ । जीवन बीमा कम्पनी नयाँ आएको सेयर जारी गर्न बाँकी छ । जसले गर्दा यो समुह अझै ठूलो बन्ने छ ।