राष्ट्रिय बीमा संस्थानले आइपिओ जारी गर्नुपर्ने



काठमाडौं । सरकारी लगानीको जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले सर्वसाधारणका लागि सेयर जारी गर्नुपर्ने भएको छ ।

जीवन र निर्जीवन बीमा कारोबार एउटै कम्पनीबाट गर्दासम्म बीमा संस्थानमा सर्वसाधारणको सेयर लगानी थियो । तर,निर्जीवन बीमा कम्पनीको लागि राष्ट्रिय बीमा कम्पनी लिमिटेडको गठन भएसँगै सर्वसाधारणको सेयर संस्थानमा रहेको छैन ।

सरकारले प्रतिनिधिसभामा दर्ता गरेको बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा बीमा संस्थानलाई अनिवार्य पब्लिक लिमिटेड कम्पनी बनाइने उल्लेख छ ।

विधेयक पास भएको एकवर्षभित्रमा संस्थानले आइपिओ जारी गर्नुपर्छ । विधेयकमा विगतकै बीमा कम्पनीले न्यूनतम ३० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्नुपर्ने उल्लेख गरिएको छ ।

चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बीमा संस्थानको चुक्ता पुँजी जम्मा १८ करोड छ । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनुपर्ने तोकेको छ ।

संस्थानले १४ करोड नाफा कमाएको छ ।


क्लिकमान्डु