सिआरआरको सीमा ४ प्रतिशतमा घट्यो, बजारमा ४८ अर्ब तरलता जाने



काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद मौज्जात(सिआरआर)को सिमा घटाएको छ ।

राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले मौद्रिक नीति सार्वजनिक गर्दै सिआरआरको सिमा घटाएका हुन् ।

यसअघि वाणिज्य बैंकमा ६ प्रतिशत सिआरआरको सिमा थियो । विकास बैंकको ५ तथा फाइनान्स कम्पनीको ४ प्रतिशत थियो ।  गभर्नर नेपालले सिआरआर घट्दा ४८ अर्ब रुपैयाँ प्रवाह हुने बताएका छन् ।


क्लिकमान्डु