वैकल्पिक विमानस्थलको कुरा गर्दा किन भयो विरोध ?



तुलसीपुर । सरकारले दाङमा वैकल्पिक विमानस्थलको प्रक्रियालाई अघि बढाउने नीति अघि सारेको भन्दै नारायणपुरवासी आन्दोलित बनेका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०७५\०७६ को नीति तथा कार्यक्रममा दाङमा वैकल्पिक विमानस्थलको प्रक्रियालाई अघि बढाउने कुरा समावेश गरेको छ । तुलसीपुरमा विमानस्थल हुँदाहुँदै वैकल्पिक विमानस्थलको खोजी गर्नु उचित नभएको उनीहरुको भनाइ छ ।

तुलसीपुरको टरिगाउँ विमानस्थललाई स्तरवृद्धि गरी हवाई सेवा नियमित बनाउनुपर्ने ठाउँमा वैकल्पिक विमानस्थल बनाउने नीति अगाडि बढाउनु औचित्यपूर्ण नभएको उनीहरुको भनाइ छ ।उनीहरुले वैकल्पिक विमानस्थल निर्माणका लागि जग्गा नदिने समेत बताएका छन् । रासस


क्लिकमान्डु