काठमाण्डौमा यसरी देखाइन्छ विश्वकप फुटबल



काठमाण्डौ । विश्वकप फुटबलको रौनकमा राजधानीको दरबारमार्गमा विभिन्न विधाका व्यक्तिहरु एकै स्थानमा भेला भएर विश्वकप फुटबलमा रमाउन थालेका छन् ।

खेल भैरहेको रंगशालामा नै बसेको अनुभुति दिलाउने शैलीमा किंग्स लाउञ्जले दर्शकहरुको ध्यान खिचिरहेको छ । २० बाई ११ फिटको एचडी स्क्रिनमा बाक्लो संख्याका दर्शकका बीचमा बसेर विश्वकपका खेल हेर्ने व्यवस्था मिलाइएको छ ।

चलचित्र, खेलकुद, व्यापार व्यसाय क्षेत्रका चर्चित अनुहारहरु पनि यो किसिमको अनुभुति बटुल्न लाउञ्ज धाउने गरेका छन् ।

विश्वकप फुटबलको उदेघाटन शत्रका दौरान लाउञ्जले चलचित्र, खेलकुदका साथै विभिन्न क्षेत्रका राष्ट्रिय व्यक्तित्वहरुलाई एकै स्थानमा जमघट गराएर सम्मान समेत गरेको थियो ।


क्लिकमान्डु