हवाईबिन्दुको विषयमा नेपाल र भारतबीच अर्कोसाता छलफल, नेपालले मागेको हवाई प्रवेश बिन्दुको माग पुरा होला ?



काठमाडौं । नयाँ हवाई प्रवेश विन्दुको विषयमा नेपाल नागरिक उडड्यन प्राधिकरणको प्राविधिक टोली र भारतीय नागरिक उडड्यन प्राधिकरणका प्राविधिक टोलीसँग छलफल हुने भएको छ ।

नेपालले दुईवर्षदेखि नयाँ हवाई विन्दुको माग सहित भारतीय पक्षसँग छलफल अगाडि बढाएपनि कुनै निर्णय हुन सकेको थिएन । दुई पक्षिय प्राविधक टोलीको छलफल काठमाडौंका हुने गरी मिति तय भएको छ । प्राधिकरणका अनुसार दुई पक्षिय छलफल यही जुन १५ र १६ हुने भएको छ ।

छलफलमा नेपालले भारतीय पक्षसँग नेपालगन्ज, जनकपुर, मेहेन्द्रनगर, मेची विन्दुबाट जहाज प्रवेश गर्ने पाउने माग राख्ने तयारी भएको छ । भारतीय पक्षले अन्य विन्दुमा केही लचकता देखाएपनि नेपालगञ्ज विन्दुको विषयमा भने पहिले देखिनै आलटाल गर्दै आएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नयाँ हवाई प्रवेश विन्दुको विषय छिट्टै टुंगो लगाउने सहमति भएको थियो । सहमतिमा नयाँ हवाई प्रवेश विन्दुको विषष् प्राविधिक कुरा भएकाले प्राविधिक टोलीले नै टुंगो लगाउने निर्णय भएको थियो ।

सोही अनुरुप प्राधिकरणले भारतीय नागरिक उडड्यन प्राधिकरणको प्राविधिक टोलीलाई छलफलका लागि पत्राचार गरेको थियो ।


क्लिकमान्डु