यात्रु गुमाउँदै नेवानि, पहिलो जेटएयरवेज हुँदा नेपाल एयरलाइन्स तेस्रोमा



काठमाडौं । सन् २०१६ अन्तराष्टिय« उडानतर्फ त्रिभुवन विमानस्थल हुँदै सबैभन्दा बढी यात्रु बोक्न सफल भएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम निरन्तर रुपमा आफ्नो यात्रु गुमाउँदै आएको छ ।

नेपालन नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले सार्वजनिक गरेको सन् २०१८ को पहिलो तीन महिनामा नेवानि तेस्रो स्थानमा झरेको छ । कार्यालयका अनुसार सन् २०१८ को जनवरीदेखि मार्चसम्म अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने यात्रुको संख्या मध्ये नेवानिको ९ प्रतिशत मात्रै छ ।

तीन महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थल हुदै ११ लाख ४ हजार ३ सय यात्रुले हवाई यात्रा गरेका छन् । जसमा नेवानिले ७१४ वटा उडान गर्दै ८९ हजार दुई सय १४ जना यात्रु मात्रै बोक्न सफल भएको छ ।

सन् २०१८ को पहिलो तीन महिनामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थहुँदै ५ लाख ६० हजार भन्दा बढी यात्रु नेपाल भित्रिएका छन । यसैगरी तीन महिनाकै अवधिमा पाँच लाख ४४ हजार यात्रु विमानस्थल हुँदै विश्वका विभिन्न देश पुगेको

सन् २०१६ सम्म नेवानिले अन्तर्राष्ट्रिय उडानमा दुई वटा बोइङ र दुई वटा एयरबस उडान गर्दै आएको थियो । तर, एउटा बोइङ उडान गर्न नमिल्ने अवस्था भएपछि नेवानिले निरन्तर रुपमा आफ्नो यात्रु गुमाउँदै आएको छ । त्यसका पनि फेरि पछिल्लो समय एयरबसको इन्जिनमा समस्या आउँदा नेवानिले नियमति रुपमा उडान गर्नेनसक्दा यात्रु गुमाउन परेको हो ।

सन् २०१७ मा भने नेवानि दोस्रो स्थानमा थियो । सन् २०१८ मा केही तल परे पनि सन् २०१९ देखि भने पहिलो स्थानमा उक्लने नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकार बताउँछन् ।

जुन २८ मा नेपालले खरिद गर्न लागको दुई वटा वाइडबडी जहाजमध्ये पहिलो जहाज आइपुग्ने र जुलाईदेखि नियमित उडान भएपछि यात्रुको संख्यामा उल्लेख सुधार आउने उनको दाबी छ ।

तीन महिनाकै अवधिमा बढी सबैभन्दा बढी यात्रु भारतीय एयरलाइन्स जेट एयरवेजले बोकेको छ । जेट एयरवेजले तीन महिनामै आठ सय ८६ वटा उडान गर्दै एक लाख २७ हजारभन्दा बढी यात्रुलाई सेवा दिइएको छ भने दोस्रो बढीमा कतार एयरवेजले सात सय १८ वटा उडान तथा अवतरण गर्दै एक लाख पाँच हजारभन्दा बढी यात्रुलाई सेवा दिएको छ ।

चौथौ स्थानमा रहेका फ्लाई दबुइले ७२ हजार आठ सय र नेपालको निजी हवाई सेवा प्रदाय हिमालय एयरलाइन्सले ६४ हजार यात्रु बोक्न सफल भएको छ ।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ३१ वटा एयरलाइन्स कम्पनीले उडान अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । यसमा नेपाली वायुयान कम्पनीमा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयर छन् ।


क्लिकमान्डु