सर्बाेच्चले भन्योः बीपी राजमार्गमा ठूला बस नचलाउनु




काठमाडौं । सर्बाेच्च अदालतले बीपी राजमार्गमा ठूला बस नचाउन सरकारलाई निर्देशन दिएको छ । सडकको अबस्थाले सो सडकमा ठूला बस चलाउन नमिल्ने भन्दै सर्बाेच्चले सरकारका नाउमा यस्तो आदेश गरेको हो ।

न्यायाधिश सपना मल्ल प्रधानको इजलासले सरकारको नाउमा यस्तो अन्तरिम आदेश दिएको हो । गत जेठ १३ गतेको मन्त्रिपरिषद बैठकले सो बीपी राजमार्गको खुर्काेट सिन्धुलीखण्डमा पनि ठूला बस संचालनको अनुमति दिने निर्णय गरेको थियो ।

सरकारको सो निर्णय विरुद्ध कैलाशराज दाहालले सर्बाेच्चमा रिट निवेदन दिएका थिए । उनको रिटको सुनुवाइ गर्दै सर्बाेच्चले यस्तो आदेश दिएको हो ।

यसअघि यातायात ब्यवस्था विभागले गरेको प्राविधिक अध्ययनले पनि सो सडकखण्डमा ठूला सवारी साधन चलाउन नमिल्ने प्रतिबेदन दिएको थियो । तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठको विशेष पहलमा सो सडकमा ठूला सवारी साधनलाई पनि रुट परमिट दिने निर्णय भएको थियो ।

यातायात ब्यवस्था विभागका तत्कालिन महानिर्देशक रुपनारायण भट्टराईलाई विभागबाट तानेपछि सरकारले सो सडकखण्डमा ठूला सवारी साधनलाई पनि रुट परमिट दिने निर्णय गरेको थियो ।


क्लिकमान्डु