ऋणमा डुब्दै पाकिस्तान
काठमाडौं । पाकिस्तान ठूलो ऋण संकटमा फसेको छ ।
पाकिस्तानी अखबारमा प्रकाशित एक रिपोर्टका अनुसार पाकिस्तानको अर्थव्यवस्था गहिरो ऋण संकटमा फसेको छ । समाचारका अनुसार चालु आर्थिक वर्षमामात्रै पाकिस्तानले चिनबाट ५ अर्ब अमेरिकी डलर ऋण लिएको छ ।
समाचारका अनुसार अमेरिकाले पाकिस्तानमाथि कडाई गरेपछि पाकिस्तान चिनमा निर्भर हुनथालेको हो । अमेरिकाले आतंकवाद लाई आर्थिक सहयोग प्रदान गर्ने देशको सूचिमा समेत पाकिस्तानलाई समावेश गर्ने प्रयास गरेको थियो ।यही घटनापछि पाकिस्तान अमेरिका सम्बन्धमा चिसो आएको थियो ।
यसका अलावा पाकिस्तानको विदेशी मुद्रा सन्चितीमा आएको कमीको कारण पाकिस्तानी अर्थ व्यवस्थाकमजोर बन्दै गईरहेको छ ।
यहीअवस्थालाई केन्द्रीत गरेर चाईना पाकिस्तान इकोनोमिक करिडोर निर्माणमा चिन लागेको छ ।
जसको लागत ५७ अर्ब अमेरिकी डलर रहेको छ ।
यसका साथै आगामी जुनबाट समाप्त हुनलागेको पाकिस्तानी आर्थिक बर्ष अगावै पाकिस्तान चीनबाट एक या दुई अर्ब अमेरिकी डलर ऋण लिने तयारीमा रहेको छ ।