अदालतमा गोरेको बयान- म त सामान्य मान्छे हुँ, म भन्दा माथि नेता र पुलिस छन्



काठमाडौं । साढे ३३ किलो सुन तस्करीका नाइके भनिएका चुडामणि उप्रेति ‘गोरे’ ले आफू मुख्य नाइके नभएको बयान दिएका छन् । जिल्ला अदालत मोरङमा गोरेले आइतबार ३७ पृष्ठ लामो बयान दिँदै सुन तस्करीमा आफूभन्दा माथि पुलिस र नेता भएको खुलाएका छन् ।

‘म कुनै ठूलो मान्छे होइन, मभन्दा माथि नेता र पुलिस नै थिए,’ गोरेले बयानमा भनेका छन् ।

तर गोरेले उनीहरुको नाम भने खुलाएका छैनन् । गोरेले प्रहरी अधिकारी पक्राउ परेपछि तस्करीको सबै पाटो खुल्ने बयान दिए ।
यसरी तस्करीबाट आएको सबै सुन इन्डिया जाने गरेको उनको भनाइ छ ।

बयान पछि अदालतको आदेशमा मोरङ प्रहरीले गोरेलाई पुर्पक्षका लागि जेल चलान गरेको छ ।


पुष्प दुलाल