नबिलको नाफा २ अर्ब ७९ करोड, एनबी र माछापुच्छ्रेको घट्यो, कुमारी र सिभिलको बढ्यो




काठमाडौं । नबिल बैंकले चैत मसान्तसम्ममा २ अर्ब ७९ करोड नाफा गरेको छ । अघिल्लो वर्ष चैत मसान्तमा नबिलको नाफा २ अर्ब ६८ करोड थियो ।

नबिलसँग चैत मसान्तसम्ममा १ खर्ब २३ अर्ब निक्षेप छ भने कर्जा लगानी १ खर्ब ५ अर्ब छ ।

बैंकको प्रतिसेयर आम्दानी४६.८३ रहेको छ ।

यस्तै माछापुच्छ्रे बैंकले ८१ करोड नाफा गरेको छ । अघिल्लो वर्ष चैत मसान्तमा १ अर्ब थियो । माछापुच्छ्रेको नाफा घटेको हो ।

बैैंकसँग चैत मसान्तसम्ममा ६८ अर्ब निक्षेप छ भने कर्जा ६२ अर्ब छ ।

नेपाल बंगलादेश (एनबी) बैंकले चैत मसान्तमा नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले ७१ करोड नाफा गरेको छ । अघिल्लो वर्ष चैत मसान्तमा बैंकले ८२ करोड नाफा गरेको थियो ।

बैंकसँग चैत मसान्तसम्ममा ४२ अर्ब निक्षेप छ भने कर्जा ४२ अर्ब नै कर्जा छ ।

कुमारी बैंकले चैत मसान्तसम्ममा ७० करोड नाफा गरेको छ । बैंकको अघिल्लो वर्ष नाफा ३७ करोड थियो । कुमारीसँग चैत मसान्तमा ६१ अर्ब निक्षेप छ भने कर्जा ५६ अर्ब कर्जा दिएको छ ।

यस्तै सिभिल बैंकले ३५ करोड नाफा गरेको छ । बैंकको अघिल्लो वर्ष नाफा १५ करोड थियो ।

बैंकसँग चैत मसान्तसम्ममा ३६ अर्ब ९० करोड निक्षेप छ भने कर्जा ३४ अर्ब ९२ करोड कर्जा प्रवाह गरेको छ ।


क्लिकमान्डु