गन्तव्य प्रचारका लागि विहाबर पर्यटन महोत्वस



काठमाडौं । कुशादेवी क्षेत्र सरोकार समाजको गन्तव्य प्रचारका लागि काभ्रेको विहावर क्षेत्र पर्यटन महोत्सव गर्ने भएको छ ।

यही वैशाख १५ गतेदेखि ३ दिन सम्म पर्यटकीय गन्तव्यको प्रचारका विहाबर पर्यटन महोत्वस गर्न लागियो बिहावर क्षेत्र पर्यटन महोत्सव मुल समारोह समितिका संयोजक क्याप्टेन रामेश्वर थापाले जानकारी दिए ।

महोत्सवमा प्याराग्लाडिङ, हाफम्याराधुन, साइकलिङ र हाइकिङ हुने आयोजकको भनाइ छ । महोत्सवको उद्घाटन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी तथा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले संयुक्त रुपमा गर्नेछन् ।

महोत्सवमा ट्राउट माछा, अर्गानिक मह तथा दूधबाट बनेका विभिन्न परिकारहरू राखिनुका साथै स्थानीय स्तरमा पाइने ढिडो र सो क्षेत्रमा उत्पादित तरकारी र फलफूलका विभिन्न परिकारको प्रदर्शनी तथा विक्री गरिने व्यबस्था गरिएको थापाले जानकारी दिए ।

महोत्सवमा सहभागी हुनेहरूले ग्वार्खुबाट २२ किलोमिटरको दूरीमा रहेको गुर्दुम डाँडा वा नागीबाट सर्वोच्च शिखर सगरमाथा, कञ्चनजङ्घा, गौरिशंखर हिमशृङ्खला तथा गणेश, माछापुछे्र् लगायतका हिमालको दृयावलोकन गर्न पाउने छन् ।

महोत्सवको पहिलो दिन े हाइकिङ पनौती नगरपालिका वडा नम्रब ३ चालिसेबाट शुरु भई पुछारी हुँदै गुर्दुम पुग्ने र साथमा स्थानीय खैजडी भजन र झाँक्री नाच सहितको झाँकीहरूको प्रस्तुती रहने आयोजकका भनाइ छ । सोही दिनको दिउँसो १२ बजे प्याराग्लाइडिङ कार्यक्रम आयोजना गरिएको छ ।


क्लिकमान्डु