कांग्रेस नेता श्रेष्ठको निधन, श्रद्धाञ्जली अर्पणका लागि बुधबार पार्थिव शरीरलाई पार्टी कार्यालयमा राखिने

77
Shares

काठमाडौं । पूर्वउपप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ ।

जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उनको निधन भएको हो ।

कांग्रेस सभापति गगन थापाले साउन ७ गते नेता श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता मनोनीत गरिएको घोषणा गरेका थिए ।

तर, मंगलबार उनको उपचारको क्रममा निधन भएको हो ।

अब श्रेष्ठको शव बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने तयारी भइरहेको बताइएको छ ।