
काठमाडौं । जाजु ग्रुपले सुनसरी जिल्लाको इटहरीमा तेल उद्योग निर्माण गर्ने भएको छ । ग्रुपले सन् २०२१ मा रोयल इडिबल आयल प्रालि दर्ता गरी तेल प्रशोधन गर्ने उद्योग निर्माण गर्ने भएको हो ।
कम्पनीले दैनिक १ सय ५० टन तेल प्रशोधन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल उद्योग निर्माण गरिरहेको छ ।
कम्पनीले उद्योग निर्माण गर्न ९० करोड रुपैयाँ लागत अनुमान गरेको छ । जसमा कम्पनीले ऋण–इक्विटी अनुपात ७५ः२५ राखेको छ । कम्पनीले ६७ करोड ५० लाख रुपैयाँ ऋण लिई लगानी गर्ने भएको छ भने २२ करोड ५० लाख रुपैयाँ इक्विटीमार्फत् लगानी गर्नेछ ।
कम्पनीले उद्योग निर्माण गरी भारतको बन्दरगाह हुँदै विभिन्न प्रकारका कच्चा तेल आयात गर्ने योजना बनाएको छ । साथै, कम्पनीले तेल प्रशोधन गरी भारतमा निर्यात गर्ने लक्ष्य लिएको छ ।
हालसम्ममा कर्जाको व्यवस्थापन भइसकेको छ भने इक्विटीको १५ करोड रुपैयाँ लगानी गरिसकेको छ । महेशकुमार जाजु अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन कर्जाका लागि ६७ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ ।






प्रतिक्रिया