
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आफ्नो अक्षय कोषमा रहेको रकम र लगानी योग्य रकम मुद्दती खातामा लगानी गर्ने भएको छ ।
बोर्डको व्यवस्थापन तथा कानुन विभागले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै ‘नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति, २०६७’ को अधिनमा रहेर इच्छुक बैंक तथा वित्तीय संस्थाहरूबाट शिलबन्दी प्रस्ताव माग गरेको छ ।
बोर्डका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, राष्ट्रिय स्तरका ‘ख’ वर्गका विकास बैंक र राष्ट्रिय स्तरका ‘ग’ वर्गका वित्त कम्पनीहरूले आफूले दिन सक्ने एक वर्षे मुद्दती ब्याजदर उल्लेख गरी प्रस्ताव पेश गर्न सक्नेछन् ।
इच्छुक संस्थाहरूले यो सूचना प्रकाशित भएको मिति (२०८३/०३/२२) ले पाँच कार्यदिन अर्थात् आगामी २०८३ असार २६ गते कार्यालय समयभन्दा एक घण्टा अगाडिसम्म आवश्यक कागजातसहित प्रस्ताव पेश गरिसक्नुपर्ने सूचनामा उल्लेख छ ।
प्राप्त भएका शिलबन्दी प्रस्तावहरू प्रस्ताव पेश गर्ने अन्तिम दिनको अपराह्न ५:०५ बजे बोर्डको कार्यालय खुमलटार, ललितपुरमा खोलिनेछ ।






प्रतिक्रिया