
काठमाडौं । जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरू भएको छ । डोल्पामा निर्माणाधीन आयोजना १०६ मेगावाट क्षमताको हो ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मुड्केचुला गाउँपालिका–४ इलामा आयोजित एक कार्यक्रमकाबीच सुरुङ निर्माणको शुभारम्भ गरे ।
मन्त्री श्रेष्ठले तीनै तहको सरकार र स्थानीयको संयुक्त लगानीमा अघि बढेको यो आयोजना कर्णाली प्रदेशको आर्थिक विकासका लागि कोशेढुंगा साबित हुने बताए ।
‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत बनिरहेको यस परियोजनामा सरकारी निकाय तथा स्थानीय तहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व रहनेछ ।
आयोजनाका लागि नबिल बैंकको अगुवाइमा विभिन्न स्वदेशी बैंक तथा वित्तीय संस्थामार्फत १६ अर्ब ६६ करोड रुपैयाँ ऋण लगानी जुटिसकेको छ ।
जगदुल्ला हाइड्रोपावर कम्पनीले १०६ मेगावाटको जगदुल्ला र १२४.३५ मेगावाटको जगदुल्ला–ए गरी कुल २३०.३५ मेगावाटका दुई आयोजना अघि बढाएको छ ।






प्रतिक्रिया