
काठमाडौं । केही दिनदेखि लगातार घटिरहेको सुनको मूल्य शुक्रबार भने बढेको छ ।
नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार २ लाख ७७ हजार ३ सय रुपैयाँ प्रतितोलामा सुन कारोबार भएकोमा शुक्रबार प्रतितोला ६ हजार २ सय रुपैयाँ बढेको हो ।
यसअघि असार १२ मा सुनको मूल्य बढेर प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँ पुगेकोमा त्यसपछि निरन्तर घटिरहेको थियो । त्यसअघि पनि गत असार २ मा प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएकोमा त्यसपछि बढ्ने भन्दा घट्ने क्रम धेरै हुँदै आएको छ ।
महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार २ सय ७० रुपैयाँ थियो । बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य प्रतितोला १ सय ८० रुपैयाँले बढेको हो । चाँदीको मूल्य गत असार १ मा प्रतितोला ५ हजार १५ रुपैयाँ रहेकोमा त्यस यता घट्दै आएको छ ।
अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा भएको गिरावटले नेपाली बजारमा पनि घटेको हो ।






प्रतिक्रिया