
काठमाडौं । सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । साताको कारोबारको चौथो दिन बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.७८ अंकले बढेर २६६१.७१ बिन्दुमा खुम्चिएको छ ।
अघिल्लो कारोबार दिन बुधबार पनि नेप्से ४४.५९ अंकले बढेको थियो । त्यसअघिका सात कारोबार दिन भने नेप्से लगातार घटेको थियो ।
आज नेप्सेमा कुल ४ अर्ब ११ करोड माथिको कारोबार भएको छ । अघिल्लो दिन बुधबार भने नेप्सेमा कुल ३ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बिहीबार कारोबारमा आएकामध्ये १०८ कम्पनीको सेयर मूल्य बढ्दा १५२ कम्पनीको घटेको छ । यस्तै, १३ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।






प्रतिक्रिया