रास्वपा केन्द्रीय सदस्यहरूले शपथ आज लिने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ ।

शपथ ग्रहण कार्यक्रम बुधबार बिहान ११ बजे पार्टी कार्यालय वनस्थलीमा गरिने रास्वपाले जनाएको छ ।

गत असार सातदेखि १३ गतेसम्म चितवनमा सम्पन्न महाधिवेशनबाट केन्द्रीइ सदस्यमा ९९ सदस्य निर्वाचित भएका छन् । बाँकी ५१ जना सभापतिले मनोनित गर्नेछन् ।