आयोजक अमेरिका र अष्ट्रेलिया विश्वकप फुटबलको नकआउट चरणमा

105
Shares

एजेन्सी । आयोजक अमेरिका समूह ‘डी’ को विजेताका रूपमा तथा अष्ट्रेलिया दोस्रो स्थानमा रहँदै फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह चरणको अन्तिम खेलमा अमेरिकाले टर्कीसँग ३–२ गोलले पराजित भएको अमेरिका समूह चरणम तीन खेलबाट ६ अंक जोड्दै अघिल्लो चरण प्रवेश गरेको हो । आजको खेलमा जित निकाले पनि टर्की प्रतियोगिताबाट बाहिरिएको छ ।

पराजित भएपनि अमेरिका शीर्ष स्थान सुरक्षित राख्न सफल भयो । खेलको तेस्रो मिनेटमै अस्टन ट्रष्टीले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए । तर १०औँ मिनेटमा अर्दा गुलरले गोल फर्काउँदै टर्कीलाई खेलमा फर्काए । त्यसपछि ३१औँ मिनेटमा ओर्कुन कोक्चुले गोल गर्दै टर्कीलाई २–१ को अग्रता दिलाए ।

दोस्रो हाफको ४९औँ मिनेटमा सेबास्टियन बेरहाल्टरले बराबरी गोल गरेका थिए । तर खेलको इन्जुरी समयमा टर्कीका लागि आन यहानले गोल गर्दै टर्कीलाई सान्तोना जित दिलाए । यसअघि लगातार दुई खेल जितिसकेकाले अमेरिकाको नकआउट यात्रा यस खेलअघि नै सुनिश्चित भइसकेको थियो ।

समूहकै अर्को खेलमा अष्ट्रेलिया र पाराग्वेले गोलरहित बराबरी खेले । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् । बराबरीको नतिजा अष्ट्रेलियाका लागि पर्याप्त बनेपछि टोली दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो ।

यता पाराग्वे भने समूहमा तेस्रो स्थानमा रहे पनि नयाँ विश्वकप ढाँचाअनुसार उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एक बन्दै नकआउट चरणमा पुग्न सफल भएको छ । टर्की भने तीन अंकसहित समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ‘डी’ बाट अमेरिका ६ अंकसहित शीर्ष स्थानमा रह्यो भने अष्ट्रेलियाले ४ अंक जोड्दै दोस्रो स्थान कब्जा गर्‍यो । अब अमेरिका र अष्ट्रेलियाले राउन्ड अफ ३२ मा पुगेका छन् ।