
गाईघाट । उदयपुरको उदयपुरगढी गाउपालिका-७, अधेरीस्थित मदन भण्डारी लोकमार्गमा बस दुर्घटना भएको छ।
महोत्तरीको गौशालाबाट चतरा धामतर्फ जाँदै गरेको बा २ ख ६४६८ नम्बरको दिप इङलिस एकेडमी बोर्डिङ गौशाला नपा-२ महोत्तरीको बस अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ३१ जना यात्रुहरू घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बर्दिवासका ६५ वर्षीय विमलेस दत्तको मृत्यु भएको छ । घाइतेहरूमा गौशाला-२ कि ३८ वर्षीया रसिलाकुमारी चौधरी र उनको छोरा १२ वर्ष को सन्देशकुमार चौधरी, ४५ वर्षको जितनप्रसाद यादव र निजको श्रीमती ३८ वर्षीया पिङ्की यादव रहेका छन् ।
यसैगरी घाइते हुनेहरूमा वर्ष २४ कि किनितु यादव, वर्ष १५ कि चाँदनी पासवान, वर्ष ४५ को भिकारी यादव, २२ वर्षीया अमृता यादव, २० वर्षीया अञ्जली साह, १८ वर्षीया रूपा महतो, २४ वर्ष को अनिलकुमार पासवान, ३६ वर्षको दिनेश साह र निजको ७ वर्षीय छोरा आलोक साह रहेका छन ।
त्यस्तै, २६ वर्षीया अनिसा महतो, १५ वर्षीया नादनीकुमारी यादव, २७ वर्षको अजयकुमार मण्डल, २८ वर्षको दीपेन्द्र महतो, २९ वर्षको जीवन आले मगर, वर्ष २६ को कुश महतो, वर्ष ३० को रामशङ्कर यादव र उनको २२ वर्षीया श्रीमती निर्मला यादव तथा निजको छोरा ७ वर्षको बिकी यादव गम्भिर घाइते भएका छन् ।
उनीहरुको उदयपुर जिल्ला अस्पतालमा उपचार भइरहेको उदयपुरका प्रहरी उपरीक्षक राजन चपागाईले बताए।
यसबाहेक अन्य पाँच जना सामान्य घाइतेहरूको पनि उपचार भइरहेको छ । दुई जनालाई थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






प्रतिक्रिया