रास्वपा सचिवालय बैठक: महाधिवेशनको तयारीबारे छलफल


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक बिहानदेखि जारी छ ।

७-९ असारसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा महत्त्वपूर्ण निर्णयहरू लिन पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेको महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताए ।

उनका अनुसार केन्द्रीय सचिवालयले महाधिवेशनको कार्यतालिका पारित गर्नेछ भने संशोधित विधानको मस्यौदा अनुमोदन गर्नेछ । महाधिवेशनसम्बन्धी अन्य प्रस्तावहरू पनि पारित गरिने छ ।

बैठकले समसामयिक राजनीति र पार्टी गतिविधि बारे पनि छलफल गर्ने कार्यसूची छ ।