नयाँ बर्षमा डाट्सन कारको आर्कषक योजना
काठमाडौं । नेपालमा डाट्सन कारको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले नयाँ वर्षको उपलक्ष्यमा ‘नयाँ वर्षको मेगा अफर’ योजना प्रस्तुत गरेको छ ।
यो योजना चैत १९ गतेदेखि जेठ १८ गतेसम्म ड्याट्सन कारको खरिदमा लागू हुने कम्पनीले जानकारी दिएको छ ।
यस योजना अन्तर्गत ग्राहकले डाट्सन कारको खरिदमा निश्चित उपहार स्वरुप हरेक एक जोडीले मलेसियाको भ्रमण गर्न पाउने छन् । त्यसका साथै लायल्टी बोनस, निःशुल्क कारका एक्सोसरिजहरु पाउने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार जुनसुकै कारको खरिदमा १ वर्षको निःशुल्क इन्स्युरेन्स, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ्ग र सडक करको सुबिधा प्राप्त सक्ने छन् । त्यसका साथै एक्स्चेन्ज अफरमा ग्राहकले आफ्नो पुरानो कारलाई नयाँ डाट्सनसँग साट्न सक्ने छन् ।
यस योजना अन्तर्गत डाट्सन कार खरिद गर्ने ग्राहकले डाट्सन रेडि गो मा अधिकतम ३ लाख ७ हजार रुपैयाँ, डाट्सन गो मा अधिकतम ४ लाख ५ हजार रुपैयाँ र डाट्सन गो प्लसमा अधिकतम ४ लाख ५७ हजार रुपैयाँ सम्मको फाइदा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
डाट्सनका कारमा आकर्षक भित्रि डिजाइन, उत्कृष्ट लुक्स, नयाँ प्रविधि, तथा कम मूल्य आदि विशेषताहरु रहेको कम्पनीको दाबी गरेको छ ।