ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन,  नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी  

21
Shares

काठमाडौं  ।  नेपालका लागि प्रोटोन सवारीसाधनको आधिकारिक वितरक जगदम्बा  मोटर्सले नेपाली बजारमा आफ्नो विद्युतीय सवारी (ईभी) पोर्टफोलियो विस्तार गर्ने तयारी  तीव्र बनाएको छ  । नेपालमा प्रोटोन ई.मास सेबेन १६०किलोवाटको  सफल सुरुवातपछि कम्पनीले नयाँ मोडल ल्याउने तयारी गरेको हो  । 

बजारमा आएको छोटो समयमै प्रोटोन ई.मास सेबेनले नेपाली उपभोक्ताबाट उत्साहजनक र सकारात्मक प्रतिक्रिया प्राप्त गरेपछि कम्पनीले  आफ्नो ईभी विस्तार योजनालाई अझ गति दिने निर्णय गरेको कम्पनीले जनाएको छ  । 

सन्‌ २०२६ को जनवरीदेखि अप्रिलसम्मको अवधिमा मलेसियामा प्रोटोनको  विद्युतीय सवारी (ईभी) बिक्रीमा ३२९ प्रतिशतको वृद्धि भएको छ भने केवल चार महिनामै  ११ हजार ६१७ भन्दा बढी ग्राहकलाई हस्तान्तरण गरिएको छ  । 

यही उच्च मागलाई  सम्बोधन गर्न प्रोटोनले तान्जुङ मालिमस्थित आफ्नो ईभी उत्पादन कारखाना विस्तारका  लागि ३७ मिलियन मलेसियन रिङ्गिट लगानी गर्ने घोषणा गरेको छ  ।

यससँगै कम्पनीले  आफ्नो वार्षिक उत्पादन क्षमता दोब्बरभन्दा बढी बढाएर ४२ हजार युनिट पुर्‍याउने लक्ष्य  राखेको छ  । 

हाल नेपाली ग्राहकहरूले १६० किलोवाट क्षमताको विद्युतीय मोटरद्वारा सञ्चालित प्रिमियम  इलेक्ट्रिक एसयूभी प्रोटोन ई.मास सेबेन १६०किलोवाटको अनुभव लिइरहेका छन् । 

यस  गाडीले एनइडिसी मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा अधिकतम ४७५  किलोमिटरसम्म यात्रा गर्न सक्छ  । यसमा ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, उन्नत हेडरेस्ट  स्पिकर प्रणाली, अत्याधुनिक ड्राइभिङ प्रविधि तथा फराकिलो र आधुनिक भित्री सजावटका  साथै अत्याधुनिक सुरक्षा र कनेक्टिभिटी सुविधाहरू समावेश छन् ।

हाल ई.मास सेबेन खरिद गर्ने ग्राहकहरूले एक वर्षको निःशुल्क बीमा, एक वर्षको सडक  कर छुट, निःशुल्क ७ किलोवाट क्षमताको होम चार्जर, ८ वर्षको वारेन्टी तथा आकर्षक  नगद छुटजस्ता विशेष सुविधाहरू प्राप्त गरिरहेका छन् । 

यस उत्साहलाई अझ बढाउँदै जगदम्बा मोटर्सले निकट भविष्यमा प्रोटोन ई.मास फाईब ( भ ।ःब्क् छ) लाई पनि नेपाली बजारमा भित्र्याउने तयारी गरिरहेको छ ।

 सन्‌२०२६ मा  मलेसियाको सर्वाधिक बिक्री भएको विद्युतीय सवारी बनेको ई.मास फाईब शहरी जीवनशैली र नयाँ पुस्ताको गतिशीलतालाई ध्यानमा राखेर विकास गरिएको मोडल  हो ।

 यो गाडीले प्रोटोनको अत्याधुनिक विद्युतीय सवारी प्रविधिलाई नेपाली उपभोक्ताको  अझ व्यापक वर्गसम्म पुर्‍याउने अपेक्षा गरिएको छ  ।