विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको नयाँ योजना

21
Shares

काठमाडौं ।  विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव नजिकिँदै गर्दा, विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएल ले नेपाली ग्राहकहरूका लागि विशेष ‘आर यु रेडी फर ग्रेटनेस’ अभियान सार्वजनिक गरेको छ।

विश्वकपको रोमाञ्चक अनुभवलाई अझ भव्य, जीवन्त र अविस्मरणीय बनाउने उद्देश्यका साथ ल्याइएको यस अफरमा आकर्षक क्याशब्याक, विस्तारित वारेन्टी तथा सहज किस्तावन्दी (ईएमआई) सुविधाहरू समावेश गरिएको छ।

‘आर यू रेडी फर ग्रेटनेस ? फील एभ्री गोल, लाइभ एभ्री मोमेन्ट’ भन्ने सन्देश सहित सुरू गरिएको यो अभियानले फुटबलप्रेमी नेपालीहरूलाई आफ्नै घरमा स्टेडियम सरहको मनोरञ्जन अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । 

टीसीएलका अत्याधुनिक टेलिभिजनहरूले हरेक गोल, हरेक उत्साह र हरेक ऐतिहासिक क्षणलाई अझ स्पष्ट, जीवन्त र रोमाञ्चक बनाउने कम्पनीले जनाएको छ ।

यस विशेष अफर अन्तर्गत टीसीएल टेलिभिजन खरिद गर्ने ग्राहकहरूले २ लाख २६ रुपैयाँसम्मको आकर्षक क्याशब्याक प्राप्त गर्न सक्नेछन् ।

विश्वकपका अविस्मरणीय क्षणहरूलाई अझ विशेष बनाउने यस योजनासँगै टीसीएल ले २+२ वर्षको विशेष वारेन्टी सुविधा पनि उपलब्ध गराएको कम्पनीले ग्राहकहरूलाई आगामी ४ वर्षसम्म उत्कृष्ट मनोरञ्जन अनुभव दिने बताएको छ । 

टीसीएलले विश्वभर आफ्नो उत्कृष्ट डिस्प्ले प्रविधि, प्रिमियम पिक्चर क्वालिटी, शक्तिशाली अडियो अनुभव तथा स्मार्ट इनोभेसनका लागि विशेष पहिचान बनाएको कम्पनीको भनाइ छ । 

नेपाली बजारमा पनि टीसीएलका टिभीका ग्राहकहरूको पहिलो रोजाइ बन्दै गइरहेका छन्, जसले आधुनिक परिवारलाई विश्वस्तरीय मनोरञ्जन अनुभव प्रदान गरिरहेको कम्पनीको भनाइ छ ।

सीजी इलेक्ट्रोनिक्सले सम्पूर्ण फुटबलप्रेमी नेपालीहरूलाई टीसीएल सँग विश्वकपको रोमाञ्चक यात्रा अनुभव गर्न आमन्त्रण गरेको छ ।

कम्पनीका अनुसार यो योजना जेठ २१ गतेदेखि श्रावण ३ गतेसम्म नेपालभरका आधिकारिक सिजी शोरूम तथा विक्रेतामार्फत लागू हुनेछ।