
काठमाडौं । विश्वकप फुटबलको मिति नजिकिँदै गर्दा सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको प्रिमियम टेलिभिजन ब्रान्ड सेन्सीले आफ्ना ग्राहकहरूका लागि विशेष ‘सेन्सीमा विश्वकप हेरौँला’ उपहार योजना सार्वजनिक गरेको छ ।
नेपाली उपभोक्तालाई विश्वकपको रोमाञ्चक अनुभव आफ्नै घरबाट स्टेडियमकै अनुभूति दिलाउने उद्देश्यले यो अफर ल्याइएको कम्पनीले जनाएको छ ।
यस अफरमा आकर्षक उपहार, विस्तारित वारेन्टी तथा सहज किस्तावन्दी (ईएमआई) सुविधा समावेश गरिएको छ ।
यस योजना अन्तर्गत सेन्सी टिभी खरिद गर्ने ग्राहकहरूले लक्की ड्रमार्फत निशुल्क एयर कूलर (एसी) जित्ने अवसर पाउनेछन् । साथै ग्राहकहरूले २३ हजार ४०० रुपैयाँसम्मको आकर्षक क्यास ब्याक सुविधा पनि पाउन सक्नेछन् । कम्पनीले खरिदपछि ४ वर्षको सर्भिस वारेन्टी समेत उल्लेख छ ।
सेन्सी स्मार्ट टिभीहरूमा उपलब्ध ४के अल्ट्रा एचडी डिस्प्ले, डब्ली अडियो तथा वेबओएस स्मार्ट प्ल्याटफर्म जस्ता अत्याधुनिक प्रविधिहरूले विश्वकपका हरेक गोल, हरेक उत्साह र हरेक क्षणलाई जीवन्त रूपमा अनुभव गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।
यस्तै उत्कृष्ट चित्र गुणस्तर, स्पष्ट ध्वनि र सहज स्मार्ट फिचरहरूको संयोजनले घरलाई नै विश्वकप हेर्ने आदर्श गन्तव्य बनाउने कम्पनीको दाबी छ ।
‘विश्वकप हेर्ने मात्र होइन, प्रत्येक खेललाई स्टेडियमकै अनुभूति दिने हाम्रो लक्ष्य हो ।सेन्सीको अत्याधुनिक प्रविधि, विशेष वारेन्टी र आकर्षक उपहार योजनाले ग्राहकहरूलाई चार वर्षको विश्वकप, चार वर्षकै विश्वसनीयताले अझ विशेष बनाउनेछ,’ कम्पनीले भनेको छ ।
ग्राहकहरूको पहुँचलाई अझ सहज बनाउन नागरिकता मात्रको आधारमा सरल किस्तावन्दी सुविधा समेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
सिजी इलेक्ट्रोनिक्सले फुटबलप्रेमी नेपालीहरूलाई विश्वकपको रोमाञ्चक यात्रा सेन्सीसँगै मनाउन आग्रह गरेको छ । कम्पनीका अनुसार यो योजना जेठ २१ गतेदेखि आगामी साउन ३ गतेसम्म नेपालभरका आधिकारिक सिजी इलेक्ट्रोनिक्स शोरूम तथा विक्रेतामार्फत लागू हुनेछ ।
सेन्सेइ ब्रान्डले नेपाली बजारमा रेफ्रिजेरेटर, वाशिङ मेसिन, एयर कुलर, भ्याकुम क्लिनर, चेस्ट फ्रिजर र एलईडी टिभी जस्ता विभिन्न उत्पादनहरू उपलब्ध गराउँदै आएको छ ।
जापानी इन्जिनियरिङमा आधारित डिजाइन, उच्च टिकाउपन र किफायती मूल्यका कारण सेन्सेइले छोटो समयमै नेपाली उपभोक्तामाझ एक विश्वासिलो ब्रान्डको पहिचान बनाएको छ ।









प्रतिक्रिया