
काठमाडौं । समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका ठुला १०० जना ऋणीहरूको सूची सार्वजनिक भएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले बुधबार (जेठ २०) को निर्णयअनुसार उक्त नामावली सार्वजनिक गरेको जनाएको छ ।
समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ।
यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरिएको छ।
ऋण नसर्ते सूचीमा सकारीका तत्कालीन अध्यक्ष हिमालयन विक्रम मल्ल ठकुरी, तत्कालीन सञ्चालक देवराज पराजुली लगायत छन् ।
त्यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न आह्वान गरेको छ। अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको रकम फिर्ता गराउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको जनाएको छ ।









प्रतिक्रिया