जेठ २३ मा बौद्ध महोत्सव हुँदै

21
Shares

काठमाडौं  । धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले  ‘बौद्ध महोत्सव २०८३-हाम्रो संस्कृति, हाम्रो उत्सव’ आयोजना हुने भएको छ

काठमाडौं  महानगरपालिका-६ बौद्धको आयोजनामा हुन लागेको यस महोत्सवले बौद्ध क्षेत्रको  मौलिक पहिचान, संस्कृति, स्थानीय कला, व्यवसाय, युवा सहभागिता र सामुदायिक  एकतालाई एउटै मञ्चमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ । 

महोत्सव जेठ २३ गते महेन्द्रबौद्ध माध्यमिक विद्यालय, फूलबारी क्षेत्रमा आयोजना हुनेछ ।  

कार्यक्रममा स्थानीयवासी, युवा, परिवार, व्यवसायी, कलाकार, पर्यटक तथा संस्कृति  प्रेमीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ । 

महोत्सवमा सांस्कृतिक नृत्य, लाखे बाजा, मौलिक झाँकी, स्थानीय कला–हस्तकला, खाद्य  स्टल, स्थानीय उत्पादन तथा विविध सांगीतिक प्रस्तुति रहनेछन् । 

कार्यक्रमलाई अझ  आकर्षक बनाउन द एक्स, हर्कुलेस बस्नेत,द रेन्डर, द पासा रकर्स, फुर्बा एण्ड द ब्याण्ड, स्थानीय कलाकारहरू तथा  सांस्कृतिक समूहहरू को प्रस्तुति रहनेछ । 

यस अवसरमा वडा अध्यक्ष भुवन लामाले बौद्ध महोत्सव केवल मनोरञ्जनात्मक कार्यक्रम  मात्र नभई बौद्ध क्षेत्रको संस्कृति, पर्यटन, स्थानीय व्यवसाय र समुदायलाई जोड्ने साझा  अभियान भएको बताए । 

उनका अनुसार बौद्ध क्षेत्र धार्मिक तथा सांस्कृतिक रूपमा  महत्वपूर्ण स्थान भएकाले यसको पहिचानलाई संरक्षण, प्रवद्र्धन र नया पुस्तासम्म र्पुयाउनु  महोत्सवको मुख्य उद्देश्य रहेको छ । 

महोत्सवलाई सम्पूर्ण बौद्ध क्षेत्रको साझा उत्सव बनाउन वडा क्षेत्रभित्रका घर, पसल, टोल  तथा समुदायमा महोत्सवसम्बन्धी सूचना, ब्यानर तथा प्रचार सामग्रीमार्फत सहभागिताका 

लागि आह्वान गरिनेछ । 

कार्यक्रमको दिन सहभागीहरूलाई मौलिक संस्कृति झल्किने  पोशाकमा उपस्थित भई र्याली, बाजा, झा“क्री तथा सांस्कृतिक वातावरणसहित कार्यक्रममा  सहभागी हुन अनुरोध गरिएको छ । 

कार्यक्रममा आउने सहभागीहरूको सहज आवागमनलाई ध्यानमा राख्दै पार्किङ  व्यवस्थापनमा पनि विशेष तयारी गरिएको छ । 

उत्पला क्याफे क्षेत्र, सिद्धार्थ हल क्षेत्र, बौद्ध पिपलबोट आसपास लगायत सम्भावित स्थानहरूमा पार्किङ व्यवस्था मिलाइनेछ ।

ट्राफिक व्यवस्थापन तथा सुरक्षा समन्वयका लागि सम्बन्धित निकाय,  स्वयंसेवक र स्थानीय टिम परिचालन गरिनेछ । 

महोत्सवमा देश–विदेशबाट आउने पर्यटकहरूलाई पनि विशेष स्वागत गरिनेछ । 

बौद्ध क्षेत्र  भ्रमणमा आउने विदेशी पर्यटकहरूले यस महोत्सवमार्फत नेपाली संस्कृति, मौलिक बाजा,  नृत्य, स्थानीय स्वाद र सामुदायिक उत्सव प्रत्यक्ष अनुभव गर्न सक्नेछन् ।