
काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीको पशुपति माध्यमिक विद्यालयलाई ‘एयर कुलर’ हस्तान्तरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय कोटिहवा मार्फत बैंकले विद्यालयलाई कुलर दिएको हो ।
बैंकको बुटवल क्षेत्र प्रमुख हेमन्त बाबुआचार्यले विद्यालयका प्रधानाध्यापक बेद नारायण भट्टराईलाई तीन थान कुलर हस्तान्तरण गरे ।
विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीहरू अध्ययनरत रहेको र गर्मीको मौसममा अध्ययन–अध्यापन गर्न कठिन भएको अवस्थामा उक्त कुलरहरू उपयोगी हुने उद्देश्यले बैंकले उक्त सहयोग दिइएको बैंकले जनाएको छ ।
विद्यालयमा कुलर जडान भएपछि कक्षाकोठाभित्रको तापक्रम न्यूनीकरण भई विद्यार्थीहरूलाई सहज र अनुकूल वातावरणमा अध्ययन गर्न मद्दत पुग्ने अपेक्षा
प्रधानाध्यापक भट्टराईले गरेका छन् ।
यस प्रकारको सहयोगले विद्यार्थीहरूको पठनपाठनमा थप सहजता र प्रेरणा मिल्ने विश्वास बैंकका बुटवल क्षेत्र प्रमुख आचार्यले व्यक्त गरे ।
उक्त कार्यक्रममा बैंकका कर्मचारीहरू, विद्यालयका प्रध्यानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया