
काठमाडौं । लक्ष्मी सनराईज क्यापिटलले जेनेसिस भेन्चर्स लिमिटेडसँग २५ लाख कित्ता साधारण सेयरको प्रस्तावित सार्वजनिक निष्काशनको लागि आईपीओ निष्काशन व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेको छ ।
लक्ष्मी सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र जेनेसिस भेन्चर्सका अध्यक्ष अनुज राठीले दुवै संस्थाका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा आयोजित विशेष समारोहमा सम्झौतामा औपचारिक हस्ताक्षर गरे ।
यस सम्झौता अन्तर्गत, लक्ष्मी सनराईज क्यापिटल लिमिटेडले जेनेसिस भेन्चर्स लिमिटेडको आगामी प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को लागि निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा काम गर्नेछ ।





प्रतिक्रिया