सिजीका सबै ब्रान्ड एकै छानामूनि

0
Shares

काठमाडौं । आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल धाउनुपर्ने झन्झट उपभोक्ताका लागि ठूलो समस्या बनेको छ ।

एउटै ब्रान्डका लागि एक ठाउँ, अर्को ब्रान्ड तुलना गर्न अर्को ठाउँ पुग्नुपर्ने बाध्यताले समय मात्र होइन, निर्णय गर्नलाई पनि जटिल बनाइरहेको छ ।

यही समस्याको समाधानका रूपमा चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्सद्वारा सञ्चालित सिजी डिजिटलले एकै छानामुनि सबै ब्रान्डको अनुभव प्रदान गर्दै नेपाली बजारमा आफूलाई फरक रूपमा स्थापित गरेको छ ।

नेपालभर रहेका २८ वटा अत्याधुनिक शोरूममार्फत सिजी डिजिटल र एलजी ब्रान्ड शपले ग्राहकलाई एउटै स्थानमा विभिन्न अन्तर्राष्ट्रिय तथा लोकप्रिय ब्रान्डका उत्पादनहरू अवलोकन, तुलना र खरिद गर्ने सुविधा उपलब्ध गराउँदै आएका छन् ।

सिजी डिजिटलमा ग्राहकहरूले एलजी, सिजी, टिसीएल, गोदरेज, माइडिया, क्रम्प्सन, बेको, सेन्सेइ, केन्ट, एलिका, सिजी, सिजी मेरिडिया, ब्ल्याकप्लस डेकर र बर्ली जस्ता विश्वसनीय ब्रान्डहरूका साथै  नोथिङ, मोटोरोला र एआई प्लस जस्ता मोबाइल ब्रान्डहरू लगायतका विश्वसनीय ब्रान्डहरू एउटै छानामुनि सहज रूपमा पाउन सक्ने कम्पनीले जनाएको छ ।

एउटै स्थानमा विभिन्न ब्रान्ड तुलना गर्न सकिने भएकाले ग्राहकले आफ्नो आवश्यकता, बजेट र प्राथमिकताअनुसार सजिलै निर्णय लिन सक्छन् र यसले धेरै पसलहरू धाउनुपर्ने झन्झट हटाउनुका साथै खरिद अनुभवलाई अझ सहज, छिटो र विश्वसनीय बनाएको कम्पनीको भनाइ छ ।