तेस्रो सांग्रिला क्विज २०८३ सम्पन्न

14
Shares

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको तेस्रो सांग्रिला क्विज २०८३ सम्पन्न भएको छ ।

क्विजको फाइनल चरण अर्थात् ‘कन्ट्रि राउन्ड’मा सहभागी १० टोलीमध्ये दाङ सब क्लस्टरका पिताम्बर बाँस्तोला र बालिका पाण्डे विजेता तथा इटहरी क्लस्टरका विष्णुबहादुर खड्का र विपुल नेपाल उपविजेता भएका छन् ।

प्रतियोगिताको विजेताले जनही ६० हजार रुपैयाँ तथा उपविजेताले जनही ४० रूपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

‘कन्ट्रि राउन्ड’मा ‘क्लस्टर राउन्ड’ बाट छनोट भएका १० वटा क्लस्टर तथा सब क्लस्टरका दुई-दुई जना गरी २० जनाले प्रतिस्पर्धा गरेका थिए ।

कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकमा लामो समय सेवा गर्नुभएका तथा विभिन्न तालिममा प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएका कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।

सांग्रिला क्विजका विजेता, उपविजेता, प्रतिस्पर्धी तथा सम्मानित व्यक्तित्वहरूलाई सांग्रिला डेभलपमेन्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेशसिह भण्डारी, प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी, प्रमुख कर्जा अधिकृत रजित मास्के र रिकभरी तथा एनपीएल व्यवस्थापन इकाइ प्रमुख जयन्द्र बहादुर खड्काले पुरस्कार तथा मायाको चिनो प्रदान गरेका थिए ।