राष्ट्रिय सभामा पनि विनियोजन विधेयकको प्राथमिकतामाथि छलफल हुने


काठमाडौं । प्रतिनिधि सभासँगै आज राष्ट्रिय सभाको बैठक पनि बस्दै छ।

बिहान ११ बजे प्रतिनिधि सभा र दिउँसो सवा १ बजे राष्ट्रिय सभा बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयका अनुसार दुवै सभामा आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने सम्भावित कार्यसूची छ ।