प्रतिनिधि सभाको बैठक बस्दै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल


काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।

आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल (कर प्रस्तावबाहेकको छलफल) सुरू हुनेछ ।

आजको प्रतिनिधि सभा बैठकमा सुरूमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची छ ।

त्यसपछि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरू हुन्छ । सो प्रस्ताव समिति सभापति गणेश पराजुलीले प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे छलफल सकिएपछि आगामी जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुनेछ ।