
काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वसन्तराज लम्सालले पदबाट राजीनामा दिएका छन् ।
संस्थाको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरिसकेको छ ।
लम्सालले गत सोमबार पदबाट राजीनामा बुझाएका थिए । वैशाख ३१ गते बसेको सञ्चालक समितिको ४३ औँ बैठकले उक्त राजीनामा शुक्रबारदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।
सीईओको राजीनामा स्वीकृत भएपछि संस्थाको दैनिक कार्य सञ्चालनका लागि वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सरोज घिमिरेलाई कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।
अर्को व्यवस्था नभएसम्मका लागि घिमिरेले सीईओको अधिकार र जिम्मेवारी प्रयोग गर्ने गरी तोकिएको बताइएको छ ।









प्रतिक्रिया