
काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सञ्चालक समिति सदस्य टेक बहादुर बोहरालाई पदबाट हटाएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन र संस्थाको सञ्चालक समितिको निर्णयअनुसार उनलाई पदमुक्त गरिएको हो ।
लघुवित्तले नेपाल धितोपत्र बोर्डलाई पत्र लेख्दै बोहरा अब संस्थाको सञ्चालक पदमा नरहेको जानकारी गराएको छ ।
नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभागले २०८३ वैशाख २८ गते दिएको निर्देशनअनुसार यो कदम चालिएको संस्थाले जनाएको छ ।
राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गर्न २०८३ वैशाख ३० गते बसेको नेरुडे मिर्मिरे लघुवित्तको ३९१औँ सञ्चालक समितिको बैठकले बोहरालाई सञ्चालक सदस्यबाट हटाउने निर्णय गरेको हो ।









प्रतिक्रिया