फोनपोइन्ट्सको ‘२.२ उत्सव’ सुरू: मात्र २ पोइन्टमा उपहारको वर्षा

49
Shares

काठमाडौँ । नेपालको पहिलो र नम्बर १ डिजिटल रिवार्ड्स प्लेटफर्म फोनपोइन्ट्सले आफ्नो बहुप्रतीक्षित ‘२.२ उत्सव’ घोषणा गरेको छ ।

शनिबार जेठ २ गतेदेखि सुरु हुने यस वर्षकै सबैभन्दा ठूलो ‘रिवार्ड फेस्टिभल’ का रूपमा रहेको यो उत्सवमा खाना, लाइफस्टाइल, ट्राभल तथा मनोरञ्जनका क्षेत्रका आकर्षक अफरहरू समावेश गरेको छ ।

दैनिक खर्चलाई थप फाइदाजनक बनाउने उद्देश्यले ल्याइएका यस उत्सवमा प्रयोगकर्ताले मात्र २ पोइन्ट प्रयोग गरेर विभिन्न अफरहरू रिडिम गर्न सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, एक कप कफीदेखि लिएर विभिन्न लाइफस्टाइल उत्पादन तथा सेवासम्म,हरेक प्रकारका प्रयोगकर्ताको आवश्यकता र रुचिअनुसारका आकर्षक अफरहरू यस २.२ उत्सव मा समावेश गरिएको छ।

यस उत्सवअन्तर्गत प्रयोगकर्ताले ‘पोइन्ट्स गेम’ मार्फत ‘बेटर आर्कटिक ५० लिटर’ रेफ्रिजेरेटर, टाइटन पुरुष घडी र ‘बेटर स्टार’ इन्डक्सन जस्ता उपहार जित्ने अवसर पाउनेछन् ।

विशेष गरी हुन्डाई वाशिङ मेसिन जस्ता महँगा सामान पनि जम्मा २ पोइन्टमै उपलब्ध गराएपछि प्रयोगकर्तामा ठूलो उत्साह सिर्जना गर्ने कम्पनीको विश्वास छ ।

उत्सवलाई तीन चरणमा विभाजन गरिएको छ, जसमा जेठ १ सम्म ‘प्रि-डिल्स’, जेठ २ मा मुख्य ‘एनिभर्सरी डिल’ र जेठ ३ देखि १४ सम्म ‘पोस्ट-डिल्स’ सञ्चालन हुनेछ । यसले प्रयोगकर्तालाई अफर छनोट र रिडिम गर्न पर्याप्त समय प्रदान गरेको कम्पनीको भनाइ छ ।

उत्सवमा श्री एयरलाइन्स, केएफसी, फिली क्याफे, इरानी चिया, आईएनआई सिनेमाज, ज्यामीज बबल्स टी, भ्याली एक्सप्रेस र अल्टिमा लाइफस्टाइल जस्ता लोकप्रिय ब्रान्डहरू सहभागी छन् । विशेष अफरमा ग्राहकले यी ब्राण्डहरूको सामानको मज्जा लिन सक्नेछन् ।

साथै फुडमान्डु, क्रिम बेल, सेकुवा बाई किलो, डाउनटाउन पिज्जा, पिज्जा नेसन र त्रिसारा जस्ता पार्टनरहरूले पनि विशेष अफरहरू ल्याएका छन् ।

प्रयोगकर्ताले फोनपोइन्ट्स एपका साथै ईसेवा र फोनपे एपमार्फत पनि यी डिलहरू प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । यो अफर सीमित अवधिका लागि मात्र रहने बताइएको छ ।